Logo

समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय : पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने




काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको छ । केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनपछि मंगलबार आकस्मिक बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आफ्ना सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निणर्य पनि गरेको छ । केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको मंगलबार निधन भएपछि कांग्रेसको पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।

कांग्रेस अहिले ‘समुदायमा कांग्रेस अभियान’ लिएर देश दौडाहामा थियो। उता कांग्रेस महामन्त्री गगन कुमार थापा पनि छुट्टै ‘मेचीकाली संवाद यात्रा’ अभियानमा थिए ।

बैठकले माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने,मुख्यसचिव कृष्णप्रसाद पौडेका १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने बुढाथोकीको स्वर्गारोहणको १३ औँ दिनमा झापामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव पौडेलले बताए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ४९ बजे