Logo

Breaking News 1

मंगलबार आठवटा संसदीय समितिको बैठक



काठमाडौं । मंगलबार एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।

जसअनुसार प्रतिनिधिसभाअन्तर्गतका ४ र राष्ट्रिय सभाअन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक विहान १० बजे बस्दैछ । महिला तथा सामाजिक मामिला समितिको बैठक ११ बजेका लागि बोलाइएको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठकको पनि विहान ११ बजे नै बस्दैछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने साढे ११ बजेका लागि बोलाइएको छ । त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ५८ बजे