Logo

Breaking News 1

माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने



काठमाडाैं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए ।

प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : १९ बजे