Logo

मुख्य समाचार

‘साझा मुद्दाहरुमा दलहरुको एकता आवश्यक’



काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकता आवश्यक भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसकेको भन्दै चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरु थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखिएको बताए ।

उनले विगतका दुई अधिवेशनमा संसदका नियमावलीको निर्माण तथा विगतका समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको पनि बताए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : ३४ बजे