Logo

अर्थ

सुनचाँदीकाे मूल्य आज पनि घट्याे



काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ ।

महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ५८ बजे