Logo

खेलकुद

स्पेनिस लालिगा फुटबल : बार्सिलोनासँग आल्भेज पराजित



काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । लिग तालिकामा तेश्रो स्थानमा रहेको बार्सिलोनाले १२ औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, गुनडोगान र भिटोर रोकीले एक–एक गोल गरेका थिए भने आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काए ।

खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२ औँ मिनेटमा मैदान छोडे । १० खेलाडीमा सीमित भएको बार्सिलोनाले त्यहीकारण खेलमा कुनै क्षति भने बेहोर्नुपरेन ।

यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ । आल्भेजले भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ५५ बजे