Logo

राजनीति

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ ।

संसद्को हिउँदे अधिवेशन सोमरबारदेखि नै सुरु हुँदैछ । माओवादी केन्द्रले हिउँदे अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने सांसद हितबहादुर तामाङले जानकारी दिए । हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ । धेरै कानूनहरू बनाउनुपर्नेछ, त्यसको तयारी कसरी गर्ने भन्ने विषयमा छलफल हुन्छ, उनले भने ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ०० बजे