Logo

मुख्य समाचार

एमाले संसदीय दलको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । सोमबारदेखि बोलाइएको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक राखेको हो ।

शनिबारदेखि बसेको बैठकमा हिउँदे अधिवेशनमा कस्ता मुद्धाहरू उठाउने भन्ने विषयमा छलफल चलिरहेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा सांसदहरूबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : १३ बजे