काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाले राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया