Logo

खेलकुद

उल्भ्सविरुद्ध म्यानचेस्टर युनाइटेडको कठिन जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटलबमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ । नेपाली समय अनुसार शुक्रबार विहान सकिएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । सुरुमा २ गोलको अग्रता लिएको युनाइटेडले अन्त्यमा जोगाउन निकै कठिन परेको थियो ।

पाँचौं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । रासमुस विन्थरले २२ औं मिनेटमा युनाइटेडको अग्रता दोब्बर बनाए । ७१ औं मिनेटमा वुल्भ्सले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किएको थियो । पाब्लो सर्बियाले गोल गरेपछि अन्तर २–१ मा झरेको थियो ।

७५ औं मिनेटमा स्कट म्याक्टोमेनीले गोल गर्दै युनाइटेडलाई ३–१ ले अघि बढाए । ८५ औं मिनेटमा वुल्भ्सका म्याक्स किलम्यानले गोल गर्दै वुल्भसलाई २–३ को अवस्थामा ल्याएका थिए । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा पेड्रो नेटोले गोल गरेपछि वुल्भ्सले खेल ३–३ को बराबरी गरेको थियो ।

तर, त्यसको २ मिनेटपछ युनाइटेडका कोवी मिनओले गोल गरेपछि नतिजा ४–३ को निस्कियो । जितसँगै युनाइटेड प्रिमियर लिगको सातौं स्थानमा छ । पराजित भको वुल्भ्स भने ११ औं स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्याम र बर्नमाउथले भने एक एक गोलको बराबरी खेल्दै एक एक अंक तालिकामा थपेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ०० बजे