Logo

मुख्य समाचार

परिवर्तनलाई संस्थागत गर्न सबै मिलौं : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति परिवर्तनका लागि मिलेर काम गरेका शक्तिहरु मिल्न नसके आगामी दिन सहज हुन नसक्ने बताएका छन् ।

परिवर्तनकारी राजनीतिक शक्तिहरु मिलेर नै राजनीतिक परिवर्तनलाई संस्थागत गर्नुपर्ने भन्दै सबै आन्दोलनहरु मिलेर नै सफल भएकाले यसको सम्बर्द्धन र संस्थागतका लागि पनि मिल्नुको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस कार्यक्रमका क्रममा विहीबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आयोजित स्थानीय निकायका जनप्रतिनिधिहरुसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा उक्त कुरा बताएका हुन् ।

नेता सिहले स्थानीय तहलाई प्रभावकारी बनाउन आवश्यक कानुनको अभाव रहेकाले अहिले ब्यवस्था र दलहरुप्रति अविश्वास बढेको भन्दै काम गर्न चाहिने कानुनको अभावमा चाहेको जसरी काम हुन नसकेको कुराप्रति आफू जानकार रहेको बताए ।

नेता सिंहले हेटौंडा अस्पतालका डाक्टरहरुसँग समेत भेटघाट गरे । उक्त अवसरमा जनशक्ति अभावले प्रभावकारी सेवा प्रधान गर्न नसकिएको गुनासो गर्दै डाक्टरहरुले सहज रुपमा सेवा प्रभावको बाताबरण मिलाईदिन पहल गर्न आग्रह गरे ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ४ : १९ बजे