Logo

मुख्य समाचार

उपयुक्त प्रदर्शनीस्थल बनाउन सरकार तयार



काठमाडौं । अर्थमन्त्री  डा. प्रकाशशरण महतले मेला र प्रदर्शनीको लागि उपयुक्त प्रदर्शनीस्थल बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

नवौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० को समुदघाटन कार्यक्रममा उनले उपलब्धीमूलक प्रदर्शनीहरुलाई सरकारले सधैँ सहयोग गर्ने भन्दै सरकारले यसमा साधनस्रोतले सकेसम्म सहयोग गर्ने बताए ।

यस्तै, उनले लगानी, उपभोग र विकल्प सबै हिसाबले यस्तो प्रदर्शनीहरु महत्वपूर्ण भएको भन्दै यसले देशमा लगानीको अवसर पनि सिर्जना गर्ने बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ३ : १८ बजे