काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरेपनि गठबन्धन नभत्किने बताएका छन् ।
विहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जतिनै प्रयास गरेपनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए ।
यस्तै उनले भाषण र वाचाभन्दा परिणाममूखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए ।
मसानघाटबाट भूत जगाएजस्तै राजतन्त्रलाई फेरि ब्यूँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया