Logo

मुख्य समाचार

विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको छ : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको बताएका छन् । उनले यस्तो बेला नेपालका विश्वविद्यालयहरू भने आर्थिक र भौतिक अभाव झेलिरहेकोबारे समेत आफू जानकार रहेको बताए ।

राजर्षिजनक विश्वविद्यालयको ७ औँ सभामा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक अवस्थामा सुधार आउने बित्तिकै विश्वविद्यालयहरूको पूर्वाधार सुधारका लागि प्राथमिकताका साथ खर्च गरिने बताए ।

प्रधानमन्त्री दाहालले मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ११ : २७ बजे