Logo

खेलकुद

अफ्रिका कप : माली र दक्षिण अफ्रिका क्वारटरफाइनलमा



काठमाडौं । अफ्रिका कप अफ नेसन्समा माली र दक्षिण अफ्रिका क्वाटरफाइलनमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा मालीले बुर्किनाफासोलाई २–१ गोल अन्तरले पराजित गर्दा दक्षिण अफ्रिकाले मोरक्कोलाई २–० ले स्तब्ध बनाउँदै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

मालीले बुर्किनाफासोलाई हराउँदा १ गोल उपहार पाएको थियो । तेस्रो मिनेटमै बुर्किनाफासोका एडमन्ड फेकल तपसोबाले आफ्नै पोस्टमा गोल गरेपछि मालीले अग्रता लिन सफल भयो । ४७ औं मिनेटमा लेसिन सिनायोकोले गोल गरेपछि माली २–० ले अघि बढेको थियो ।

५७ औं मिनेटमा बुर्किना फासोका लागि बेट्रान्ड टारोएले पेनाल्टीमा गोल गर्दै अन्तर २–१ मा झारे पनि अन्तिम ८ मा पुग्न असफल भयो । अर्को खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २–० ले पराजित गर्न सफल भयो । इभिडेन्स माकगोपाले ५७ औं मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए ।

८५ औं मिनेटमा मोरक्कोका असरफ हकिमीले पेनाल्टी मिस गर्दा खेल बराबरी गर्नेक्ष् मौका गुमायो ।,दोस्रो हाफको अतिक्ति चौथो मिनेटमा सोफयान अमराबत दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा मोरक्को १० खेलाडीमा समेटियो । त्यसको १ मिनेटमै दक्षिण अफ्रिकाका टोबो मोकेनाले गोल गर्दै २–० को जितका साथ अन्तिम ८ मा स्थान सुरक्षित गराए ।

मंगलबार रातिको खेलसँगै अफ्रिका कप अफ नेशसन्सको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । शुक्रबार पहिला क्वाटरफाइनलमा नाइजेरिया र एंगोल भिड्ने छन् भने शनिबार कंगा र गुएना तथा माली र आइभरी कोस्ट आमने सामने हुने छ । शनिबार दक्षिण अफ्रिका र कावो भर्डेले प्रतिस्पार्धा गर्ने छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ३० बजे