काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो १ : ४५ बजे सुरु हुने छ । विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो । समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो ।
समूह चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो । समूह चरणमा भारत र पाकिस्तान सबै ३ खेल जितेका थिए । विश्वकप खेलेका १६ टोलीलाई सुरुमा ४ समूहमा विभाजन गरिएको थियो ।
४ समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुगेका थिए । सुपर सिक्सको समूह ‘एक’मा भारत, बंगलादेश, न्यूजिल्याण्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स ‘दुई’मा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।
प्रतिक्रिया