Logo

मनोरञ्जन

‘द वुमन इन मी’को आरोपप्रति ब्रिटनीले मागिन् माफी



लसएन्जल्स । अमेरिकी गायिका ब्रिटिनी स्पीयर्सले आफ्नो बायोग्राफी ‘द वुमन इन मी’मा पूर्व प्रेमी जस्टिन टिम्बरलेकमाथि गरेको टिप्पणी प्रति माफी मागेकी छन् । ब्रिटनीले पुस्तकमा जस्टिनले आफू ‘बाबु बन्न नचाहेको’ भन्दै गर्भपतन गराउन भनेको र ‘अर्को सेलिब्रेटी’का लागि आफूलाई ‘धोका’ दिएको आरोप लगाएकी थिइन् ।

तर, सोमबार ब्रिटनीले एनबीसीको सेटरडे नाइट लाइभ कार्यक्रममा जिमी फलोनसँग जस्टिनको गीत गाएको भिडियो क्लिप इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । उनले भिडियो क्लिपसँगै ‘मैले मेरो पुस्तकमा लेखेका केही चिजहरुप्रति म माफी माग्न चाहन्छु’ लेखेकी थिइन् ।

उनले लेखेकी छन्, ‘यदि मैले साँच्चिकै ख्याल गर्ने मानिसहरुलाई ठेस पु¥याएको छु भने म गहिरो माफी चाहन्छु । म यो भन्न चाहन्छु कि म जस्टिन टिम्बरलेकको नयाँ गीत ‘सेल्फिस’सँग प्रेममा छु । यो धेरै राम्रो छ– र जस्टिन र जिमीलाई सँगै देख्दा म कसरी धेरै हाँस्छु ?’

स्पियर्सले यही नामको गीत सन् २०११ मा रिलिज गरेकी थिइन् । ब्रिटनीका केही फ्यानहरुले जस्टिनको नयाँ गीतभन्दा ब्रिटनीको ‘सेल्फिस’ ट्रयाकलाई चार्टको उच्च स्थानमा पु¥याउन अभियान नै चलाएका थिए । स्पियर्सले १७ वर्षको उमेरमा सन् १९९९ देखि २००२ सम्म एनसिंह गायक जस्टिनसँग डेट गरेकी डेट गरेकी थिइन् ।

उनी गर्भवती भएपछि गर्भपतन गराउनु सही निर्णय हो कि भनेर अनिश्चित भएको कुरा ‘बेबी वान मोर टाइम’ गायिकाले सन् २०२३ मा प्रकाशित आफ्नो बायोग्राफीमा लेखेकी छन् । ‘यदि यो मलाई एक्लै छोडिएको भए, म यो कहिल्यै गर्ने थिइनँ’, उनले लेखेकी थिइन्, ‘र अझै पनि जस्टिन यति पक्का थिए कि उनी बुबा बन्न चाहँदैनन् ।’

ब्रिटनीले जस्टिनलाई आरोप लगाएपछि सामाजिक सञ्जालमा विभिन्न प्र्रतिक्रिया आएका थिए । जसकारण केही समयका लागि जस्टिनले इन्स्टाग्राम नै बन्द गर्नुपरेको थियो । उनले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाएका थिएनन् । तर सन् २०२१ मा उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो धारणा सार्वजनिक गरे ।

‘म बुझ्छु कि म यी क्षणहरुमा र अरु धेरैमा कमजोर भएँ र दुव्र्यवहार र जातिवादलाई समर्थन गर्ने प्रणालीबाट फाइदा उठाएँ’, उनले लेखेका थिए, ‘म विशेष गरी ब्रिटनी स्पीयर्स र जेनट ज्याक्सन दुवैलाई व्यक्तिगत रुपमा माफी माग्न चाहन्छु, किनकी म यी महिलाहरुको ख्याल राख्छु र सम्मान गर्छु र मलाई थाहा छ, म असफल भएको छु ।’ स्पीयर्सले तीन पटक विवाह गरिन् र दोस्रो पति डान्सर केभिन फेडेरलाइनबाट उनका दुई सन्तान छन् । गायिकाले पुस्तकमा आफ्नो विवादास्पद संरक्षकत्वलाई दस्तावेजीकरण गरेकी छन् ।

ब्रिटनीले आफूलाई ‘बाल रोबोट’ भन्दै आफ्नो पिताले आफूलाई ‘ब्रिटनीको व्यक्तिगत र व्यवसायिक मामलामा कानूनी नियन्त्रण ग्रहण गरेको’ दाबी गरेको पुस्तकमा उल्लेख गरेकी छन् । गत साता मात्र ब्रिटनीले अब आफू संगीत उद्योगमा कहिल्यै नफर्किने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ०२ बजे