Logo

अर्थ

युराेको भाउ घट्यो, कुनको मूल्य कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

आइतबारदेखि स्थिर रहेको डलरको मूल्यमा मंगलबार केही पैसामात्रै बृद्धि भएको हो । युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । युरोको मूल्यमा भने करिब एक रुपैयाँले घटेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : २३ बजे