Logo

Breaking News 1

प्रतिगमनकारीहरु राजनीतिक अस्थिरता पैदा गर्न खोज्दैछन् : नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता पैदा गर्ने काम भइरहेको बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेपनि जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता पैदा गर्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले एमालेले राष्ट्रियसभाको निर्वाचन उपयोग गर्दै गठबन्धनलाई कमजोर बनाउने नीति लिएको लिएको टिप्पणी गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : ४३ बजे