Logo

खेलकुद

एंगोला अफ्रिका कपको क्वाटरफाइनलमा



काठमाडौं । एंगोला अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति नामेवियालाई ३–० गोल अन्तरले पराजित गर्दै एंगोलाले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

एंगोलाको जीतमा जियलसन डालाले २ गोल गर्दा माबुलुलोले एक गोल थपेका थिए ।

खेलको १७ औं मिनेटमा एंगोलाका गोल किपर एडिलसन क्रुज रातो कार्ड पाउँदै मैदान छाडेपछि दबाबमा आएको थियो । तर, ३८ औं मिनेटमा जियलसनले फ्रेडीको पासमा गोल गर्दै एंगोलालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २ गोल गरेको एंगोलाले दोस्रो हाफमा १ गोल थपेको थियो । ६६ औं मिनेटमा माबुलुलोले जियलसनको पासमा गोल गर्दै ३–० ले अघि बढाए । त्यसपछि थप गोल नभएपछि एंगोलाले ३–० को सहज जित निकाल्दै अफ्रिका कपको अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

नामेवियाका खेलाडी लुवेनी हाओकंगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै ४० औं मिनेटमा मैदान छाडेपनि दबाबमा परेको नामेवियाले गोल गर्न सकेन ।

एंगोला समूह डीबाट शीर्ष स्थानमा रहँदै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने नामेविया समूह ईबाट उत्कृष्ट तेस्रो हुँदै पुगेको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ५६ बजे