Logo

मुख्य समाचार

घेराबन्दी गर्ने कसरत भइरहेको छ : प्रधानमन्त्री दाहाल



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित शहिद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारण सभा समारोहलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रियामा आएपछि पनि वैचारिक राजनैतिक र सांस्कृतिक रुपले घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको भन्दै अझ कतिपय सन्दर्भमा बढाउने जमर्काे पनि भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले शहिद प्रतिष्ठानद्धारा सञ्चालित विद्यालयहरुको आफ्नो पहिचान पनि कायम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा विधेयक पारित गर्ने क्रममा प्रतिष्ठानद्धारा सञ्चालित विद्यालयहरुको हकमा पनि राम्रोसँग सम्बोधन गर्नुपर्छ भन्ने हेक्का आफूलाई रहेको बताए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : १३ बजे