Logo

राजनीति

एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन् : पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने बताएका छन् ।

शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा उनले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने बताए । गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उनको भनाई थियो ।

नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने बताउँदै उनले कसैले त्यस्तो गर्यो भने त्यो एमाले हुन नसक्ने जिकीर गरे ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : ११ बजे