काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै समूह चरणको अन्तिम खेलसहित समग्रमा ६ खेलमा जित हात पार्न सफल भयो ।
लुम्बिनीले पहिला ब्याटिङ गर्दै ३२.२ ओभरमा १०६ रन बनाएको थियो । तालिकाको शीर्ष ४ मा अटाउने टिमले चैत बैशाखमा एलिट ट्रफीका लागि प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको क्यालेन्डरमै उल्लेख गरिएको छ ।
प्रतिक्रिया