Logo

राजनीति

नेकपा एसका नेताको जिम्मेवारी हेरफेर



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको हो ।

त्यस्तै, गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसैगरी, गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई प्रदेश अध्यक्षमा मनोनयन गरेको छ ।

सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै, सचिवको जिम्मेवारी अशोक कोइरालालाई दिएको छ ।

बैठकले माघ १४÷१५ बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : २८ बजे