Logo

मुख्य समाचार

प्रविधिमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव : मन्त्री भूषाल



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भूषालले प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका छन् ।

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छैटौँ तीन दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनीको उद्घाटन गदैैं उनले इतिहासदेखि नै कृषि क्षेत्रमा अटोमेटिक मेसिनहरुको प्रयोग हुँदे आइरहेको भन्दै प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका हुन् ।

उनले प्रदर्शनीमार्फत उत्पादकत्व वृद्धि गर्ने र र लागत खर्च घटाउने काममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषियन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ । कृषि यन्त्र, कृषि बीउ बिजन, डेरी, पोल्ट्री, खाद्यलगायत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा एकसय बढी स्टल रहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ५१ बजे