Logo

अर्थ

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर नै छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।

चाँदीको मूल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : १५ बजे