Logo

अर्थ

लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेकोे बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।

अर्थमन्त्री महतले सरकारले सोचेअनुुसारको राजस्व वृद्धि हुन नसक्नुमा राजश्व संरचनामा आइरहेको डिजिटल परिवर्तनलाई प्रमुख कारण औंल्याएका छन् ।

उनले उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने भन्दै आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए ।

साथै उनले विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको धारणा राखे । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको भनाइ उनको छ ।

महतले देशैभरी रहेको भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउँदै लैजाने र भन्सार प्रसाशनलाई बायस हुनबाट मुक्ति दिलाउन आफूहरु लागेको भन्दै द्रुत गतिमा डिजिटल प्रविधिमैत्री बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ०८ बजे