Logo

राजनीति

भोलिदेखि गगन थापाको संवाद यात्रा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवार बिहान ८ बजेदेखि मेची—महाकाली संवाद यात्रामा निस्कने भएका छन्। महामन्त्री थापाले माघ २६ गतेसम्म संवाद यात्रा जारी रहने बताए । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।

पार्टीका कार्यकर्ता र जनताका गुनासा—सुझाव सुन्न झापाको छोटी भन्सारबाट भोलि संवाद यात्रा सुरु हुने उनको भनाइ छ । १३ दिने संवाद यात्रामा महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने कार्यक्रम छ ।

२१ जिल्लामा पार्टीका कार्यकर्ता र जनताका सुन्ने कार्यक्रम छ । कांग्रेसले भोलिदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ। त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ११ : ३६ बजे