Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६३ पैसा रहेको छ ।

बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : २३ बजे