Logo

गण्डकी प्रदेश

राष्ट्रिय सभा निर्वाचन : गण्डकीका तीन वटै सिटमा गठबन्धन विजयी



काठमाडौं ।  राष्ट्रिय सभामा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् ।

प्रदेशमा रिक्त तीन सिटका लागि बिहीबार भएको मतदानमा कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।

श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए ।

त्यस्तै, कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए ।

त्यसैगरी, माओवादी केन्द्रकी शर्मा ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् ।

गण्डकीमा राष्ट्रिय सभाको रिक्त ३ क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : ३७ बजे