Logo

मनोरञ्जन

‘लभ एण्ड वार’का लागि रणवीरले घटाए पारिश्रमिक



मुम्बई । निर्देशक सन्दीप रेड्डी बांगा निर्देशित फिल्म ‘एनिमल’ ब्लकबस्टर भएपछि अभिनेता रणवीर कपूर बलिउडमा सबैभन्दा बढी माग हुने अभिनेतामा परेका छन् । यो फिल्मको सफलताले उनले आफ्नो बजार मूल्य पनि बढाएका छन् ।

फिल्म ‘एनिमल’ अघि ३० करोड पारिश्रमिक लिने रणवीरले ‘एनिमल’को सफलतापछि ६५ करोड पारिश्रमिक पुर्‍याएका छन् ।

तर उनले दिग्गज फिल्म निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीका लागि भने आफ्नो पारिश्रमिक घटाएका छन् ।

निर्देशक भन्सालीले हालैमात्र रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई लिएर नयाँ फिल्म ‘लभ एण्ड वार’को घोषणा गरेका थिए ।

फिल्म निकट स्रोतका अनुसार भन्सालीको फिल्ममा रणवीरले एक सर्तमा काम गर्ने सहमति जनाएका छन् । उनले आफूले पारिश्रमिक घटाएका विषय बजारमा चर्चा नहोस् भन्ने शर्तमा अभिनयका लागि सहमत भएको फिल्म निर्माण पक्षले दाबी गरेको छ ।

रणवीरको बजार मूल्यको कुरा गर्दा उनले अर्का अभिनेता रणवीर सिंहलाई पनि पछि पारेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : २८ बजे