Logo

मुख्य समाचार

आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानमा छौं : मन्त्री भण्डारी



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि गृहकार्य गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नविल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले २०८० देखि ०८१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रुपमा अगाडि बढाउन गृहकार्य गरिरहेको बताएका हुन् ।

मन्त्री भण्डारीले अहिलेको अवस्थामा वैदेशिक रोजगारमा जाने प्रक्रियालाई व्यवस्थित गर्दै यसमा भएका बिभिन्न अनियमिततालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । अहिलेको वैदेशिक रोजगारको अवस्थामा जबसम्म विकल्प दिन सकिदैन तबसम्म त्यसलाई व्यवस्थित पनि गर्न नसकिने उनको भनाई छ ।

उनले अहिले राष्ट्रिय आप्रवास नीतिको लागि काम गरिरहेको जिकिर गरे ।

त्यस्तै सचिव केवल प्रसाद भण्डारीले मिटरब्याजको पछिल्लो डेढ वर्षसम्म जतिपनि श्रृंखला चलेको छ त्यसमा आधा मानिस वैदेशिक रोजगारमा जानकै लागि ऋण लिन गरेको बताए । फर्किएर आएर पनि ७० प्रतिशतले ऋण तिर्न नसक्दा फेरी जानुपर्ने अवस्था रहेको भन्दै नबिल बैंकलाई वैदेशिक रोजगारमा जाने न्यूनतम मूल्य बैंकबाट सस्तो ब्याजदरमा उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १ : ३० बजे