Logo

खेलकुद

इलाम गोल्डकपः फाइनलमा पुग्न पाँचथर र बिर्तामोड भिड्दै



विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज बिहीबार हुँदैछ ।

फाइनलमा पुग्ने लक्ष्यका साथ आज पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी) विजयी हुँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो । सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

माघ १३ गते हुने फाइनलमा विजयी हुने टिमले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै, उपबिजेताले ३ लाख रुपैयाँ पाउने जनाइएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता छ ।  नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा सहभागी छन् ।

यसैगरी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १२ : १२ बजे