Logo

Breaking News 1

राष्ट्रियसभा सदस्य निर्वाचन आज



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै छ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : १४ बजे