Logo

खेलकुद

पुलिसको अपराजित यात्रा कायमै, मधेश प्रदेश ६ विकेटले पराजीत



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले  अपराजित यात्रा कायम राखेको छ ।

शीर्ष स्थानमा रहेको पुलिसले लगातार ५ खेलमा जीत निकाल्दै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

मूलपानी क्रिकेट रंगशालामा बुधबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै २४ ओभरमा सवै विकेट गुमाएर जम्मा ९६ रन बनाएको थियो ।

जवाफमा विभागीय क्लब पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि अरनिको यादवल २३ तथा कप्तान हरिशंकर साहले २२ रनको पापिर खेले ।

अभिषेक तिवारीले ११ रनको नटआउट पारि खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल रहे ।

पुलिसका सागर ढकालले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशीले ४ विकेट हात पारे । रसिद खानले १ विकेट लिएका थिए ।

९७ र नको लक्ष्यसहित मैदान उत्रिएको पुलिसलाई जीत दिलाउन आरिफ शेखले १६ तथा अमित श्रेष्ठले १५ रनको नटआउट पारि खेले ।

यसैग्री सुनील धमला २८ तथा कुशल भुर्तेल १९ रन बनाएर आउट भएका थिए । आर्जुन साउदले ७ तथा दिलिप नाथले ४ रन बनाए ।

मधेश प्रदेशका रञ्जित कुमार र अरनिको यादवले दुई दुई विकेट लिए । जारी प्रतियोगितामा मधेश प्रदेशको तेस्रो हार हो । अहिले मधेश प्रदेश ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : २५ बजे