Logo

राजनीति

गलतविरुद्ध विद्रोह र असहमति जरुरी छ : डा.शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् ।

कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरु वा शासकहरुले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् ।

२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल रुवरुप विद्रोह भएको उल्लेख गर्दै डा.कोइरालाले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्याउन जरुरी रहेको बताए ।

आर्थिक, सामाजिक, धार्मिक सबै कुरा ठिक ढंगले नसकेको औल्याउँदै डा.कोइरालाले सरकारले विकासको गति दिन नसकेको बताए । बैंकहरुको व्यवहार र विकासको गति ठिक नभएकोप्रति उनको आक्रोश थियो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान २०८०’ प्रदान गरिएको थियो ।

कार्यक्रममा मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्ती माझी, बिराटनगर महानगरका मेयर नागेश कोइराला, नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, डिएलएका निबर्तमान अध्यक्ष योगेन्द्र अधिकारी, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्शका महासचिव नरेश श्रेष्ठ, परिषदका अध्यक्ष कविराज न्यौपानेलगायत उपस्थित थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : १३ बजे