Logo

मुख्य समाचार

मानव अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण, प्रवद्र्धन र सुनिश्चितता गर्नेकाम राज्यको दायित्व भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धतालाई योजनावद्ध रुपमा कार्यान्वयन गर्नेपनि बताए ।

सो क्रममा उनले सरकारले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माण र कार्यन्वयनमा ध्यान दिएको उल्लेख गरे ।

राष्ट्रिय कार्ययोजनामा श्रमिक, उपभोक्ता, महिला तथा बालबालिका, वैदेशिक रोजगारीमा गएका कामदार, जनजाती, लैङ्गिक समानता तथा जातिय भेदभाव विरुद्धको अधिकारलगायतका मानव अधिकारसँग सम्बन्धित विषयहरु समावेश गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

उनले अहिलेको अवस्थामा आर्थिक क्रियाकलापहरुलाई बढाउनको लागि परम्परागत व्यवस्थाहरुमा सुधार गर्न आवश्यक रहेको औल्याउँदै त्यसका लागि सरकार, रोजगारदाता र श्रमिक तीनैवटा पक्षलाई सन्तुलनमा राखेर जानुपर्ने बताए ।

मन्त्रालयले आगामी २०८१–८२ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अगाडि बढाउने गरी गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १२ : ३४ बजे