काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपैयाामा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया