Logo

विशेष

केयरगिभर एकेडेमियाको स्थापना



काठमाडौं । केयरगिभर एकेडेमियाका प्रमुख कार्यकारी अधिकृत किरण लामाले केयरगिभरमा जाने व्यक्तिहरुलाई समस्या भोग्न नपरोस भन्ने उद्देश्यका साथ केयरगिभर एकेडेमिया स्थापना गरेको बताएका छन् ।

शनिबार आलोकनगरमा केयरगिभर एकेडेमियाको उद्घाटन गर्दै उनले विदेशमा गएर काम गर्न आवश्यक ज्ञान नहुँदा धेरैले मानसिक तनाव हुने भन्दै नेपालमा नै सबै तालिम दिने हिसाबमा संस्था स्थापना भएको बताए ।

उनले भने, ‘केयरगिभरको रुपमा हामीले पाएको दुःख सम्झिएर अब जानेहरुले त्यस्तो दुःख भोग्न नपरोस भन्ने उद्देश्यका साथ केयरगिभर एकेडेमिया भन्ने संस्था स्थापना गरेका हौं ।’

केयरगिभर एकेडेमिया अनुभवी टोलीद्वारा स्थापना गरिएको संस्था भएको संचालकको दाबी छ । केयरगिभर एकेडेमियामा विभिन्न भैपरी आउने समस्याहरुबारे छलफल गर्दै प्रयोगात्मक रुपमा अध्ययन अध्यापन गराउने व्यवस्था मिलाइएको छ ।

युके, अष्ट्रेलिया, क्यानाडा, अमेरिका, न्युजिल्याण्ड, जर्मनी, डेनमार्क, जापानलगायत इजरायल आदि मुलुकमा नेपाली केयरगिभरको माग बढिरहेको क्रममा केयरगिभर एकेडेमियाले ती देशको आवश्यकता, स्किल मेन्टेन गर्ने गरी नयाँ कोर्स निर्माण गरेर अध्यापन गराइरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ३ : ५८ बजे