Logo

मुख्य समाचार

विद्यार्थी आन्दोलन मर्यादित बनाउनु जरुरी छ : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदीप पौडेलले विद्यार्थी संगठनले गर्ने आन्दोलनको गतिविधि मर्यादित हुन जरुरी रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा नेविसंघले आयोजना गरेको विश्वविद्यालयको रूपान्तरण कार्यक्रममा बोल्दै उनले विध्वंसात्मक गतिविधिले संगठनमाथि नै प्रहार हुने भन्दै आन्दोलनको गतिविधि मर्यादित हुन जरुरी रहेको बताएका हुन् । 

उनले भने, ‘नीतिगत पक्षमा विद्यार्थी आन्दोलन प्रष्ट हुन जरुरी छ । त्यसपछि विद्यार्थीहरूको गतिविधि मर्यादित हुन जरुरी छ । लोकतान्त्रिक हुन जरुरी छ । यसले गर्ने गतिविधि विध्वंसात्मक भयो भने यसमाथि पनि प्रहार हुन्छ । विद्यार्थी आन्दोलन भनेको सरकारविरुद्धको आन्दोलन हो । नेपाली कांग्रेस सरकारमा छ तर नेविसंघ सँधै विपक्षमा हुनुपर्छ ।’ 

उनले सबै पक्षले विश्वविद्यालयको आजको आवश्यकतालाई महसुस गर्न सकेमा विश्वविद्यालयको सुधार गर्न सक्ने धारणा राखे । उच्च शिक्षा व्यवस्थित र विश्वसनीयता नहुनु नै आजको निराशाको मुख्य कारण भएको भन्दै उच्च शिक्षामा भएको वेथितीलाई अन्त्य गर्न विद्यार्थी संगठनले दवावमुलक भुमिका खेल्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : ३३ बजे