काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया