काठमाडौं । भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् ।
जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनाहरूमा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका हुन् । तीमध्ये १६०० भन्दा बढी त जम्मु–कश्मीर प्रहरी रहेको उनले बताए ।
‘देशका विभिन्न सेनाका करिब ६००० बहादुरहरूले सर्वोच्च बलिदान दिएका छन्’ ती मध्ये १६०० भन्दा बढी जम्मु र कश्मिर पुलिसका मात्र हुन्’ स्वेनले १२औं शहीद स्मारक क्रिकेट प्रतियोगिताको समापन समारोहमा भनेका हुन् ।
प्रतिक्रिया