Logo

खेलकुद

चेल्सीको कठिन जीत



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । चेल्सीले शनिबार भएको खेलमा फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीले निर्णायक गोल गर्न भने पेनाल्टीको सहारा लिनु परेको थियो ।

पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा फुलह्यामका डिफेन्डर इसा लेई डिओपलले डी बक्सभित्र चेल्सीका रहिम स्टर्लिङलाई फल गरेपछि पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई चेल्सीका कोल जेरमैनले गोलमा परिणत गर्दै स्पष्ट ३ अंक दिलाए ।

जितपछि चेल्सी ३१ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित भएको फुलह्याम भने २४ अंकका साथ तालिकाको १३ औं स्थानमा छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ५१ बजे