काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए ।
बैठकमा पार्टीको विधान संसोधनबारे छलफल बैठकको मुख्य एजेण्डा रहेको सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए । त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समिक्षा पनि हुनेछ ।
प्रतिक्रिया