काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।
मृतक १२ मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया