Logo

समाचार

ठक्करबाट साइकल यात्रीको मृत्यु



विराटनगर । यात्रुबाहक सवारी साधन हायसको ठक्करले उदयपुरको त्रियुगा नगरपालिका–८ मा एक साइकलयात्रीको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गमा पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०५–००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट गइरहेको गरेको साइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ठक्करपछि सिकिस्त घाइते भएका साइकलयात्री उदयपुरकै रौतामाई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङरातीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय  किश्वर पाण्डेलाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ४ : २८ बजे