Logo

शिक्षा

नेपाल भाषाको लागि बजेट व्यवस्थापन गर्न सकिन्छ : उपप्रमुख डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको तालिमको लागि महानगरपालिकाले बजेट संशोधन गर्ने बताएकी छिन् ।

विहीबार ई–लाईब्रेरीको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय मात्रै होइन्, संस्थापक विद्यालयले पनि यसमा ध्यान दिनुपर्ने भन्दै महानगरपालिकाले तालिमको लागि बजेट व्यवस्थान गर्ने बताइन् ।

उनले भनिन्,‘महानगरपालिकाको हरेक स्कुल र पाठयक्रममा नेपाल भाषा राख्न पनि सकिन्छ । यसको प्रभावकारिता, अध्यन अनुसन्धानको साथै तालिम पनि आवश्यक हुन्छ । तालिमको लागि बजेट छैन् भन्ने छ तर बजेट संशोधन गर्न यही मञ्चबाट भन्न चाहन्छु ।’

उनले ई–लाईब्रेरी प्रभावकारिता दिर्घकालिन हुने बताउँदै एकपटकको लगानीले धेरै काम गर्न सकिने औंल्याइन् । यसले नेपाल भाषालगायत अन्य विषयकोे अध्ययन अनुसन्धानको लागि पनि सहयोग गर्ने बताईन् ।

ई लाईब्रेरीमा नेपाल भाषाको पाठ्यक्रम सजिलै र सबैको लागि उपलब्ध गराउने हो भने नेपाल भाषाको क्षेत्र अझ सुधार हुनेपनि उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १ : ३० बजे