Logo

समाचार

एसकेबीसी तेक्वान्दो भोलिदेखि



काठमाडौं । एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा प्रथम एककेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी जम्मा ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले बताए । प्रतियोगितामा ५ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।

उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छन् । दुईदिनसम्म हुने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा हुनेछन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १ : २८ बजे