Logo

समाचार

मृगको मासुसहित एक जना पक्राउ



बर्दीया । बर्दियामा मृगको मासु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ छेदापुरका ३२ बर्षीय दिपचन्द्र कोरी रहेका छन् ।

कोरीको साथाबाट मृगको बच्चाको तिन किलो दुई सय ग्राम टाउको खुट्टा र मासु फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दीयाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

जंगली जनावरको शिकार गरी ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको बताइएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ११ : १६ बजे