Logo

राजनीति

सत्ता गठबन्धन निर्वाचनलक्षित प्रदेश र जिल्ला समिति गठन गर्दै



काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनलक्षित सातवटै प्रदेश र ७७ वटै जिल्लामा प्रदेश र जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

गठबन्धनले केन्द्रीय समन्वय समितिको संयोजकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई तोकेको छ ।

गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० को पहिलो बैठक बुधबार बसेर यो निर्णय गरेको हो ।

पहिलो बैठकले समितिको संयोजकमा लेखकलाई चयन गर्दै सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति–२०८० र ७७ वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–२०८० गठन गर्ने निर्णय गरेको हो ।

यसअघि मंगलबार बसेको गठबन्धन बैठकले आफ्ना उम्मेदवारलाई जिताउन ४ सदस्यीय समन्वय समिति गठन गरेको थियो । समितिमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादीबाट नेता वर्षमान पुन, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र जसपाका प्रवक्ता मनीष सुमन छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : २२ बजे